जोखिममा मध्यपूर्वमा कार्यरत नेपाली, इरानको आक्रमणमा यूएईमा एक नेपाली मारिए

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सोमबार प्रचार(प्रसार गर्ने अन्तिम दिन हो । फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि शुरू हुनेछ ।  मौन अविध शुरू हुनुअघि सोमबार दिनभर र साँझसम्म दल तथा उम्मेदवारहरूले अन्तिम प्रचार(प्रसारलाई तीव्रता दिनेछन् । ०००० फागुपूर्णिमा अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोल...