निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न गगन थापाको अपिल

नेपाली कांग्रेसका सभापति गगन थापाले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपालीलाई अपिल गरेका छन् । फागु पूर्णिमा (होली) का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्र संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि निर्वाचनमा सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले फागुन २१ गते हुने मतदानमा आम नागरिकलाई सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।