इजरायल, अमेरिका र इरानबीचको युद्धको तेस्रो दिन पनि आक्रमण जारी छ । शनिबारदेखि शुरू भएको लडाईंको पहिलो दिनमै इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा खामेनीसहित ४८ इरानी नेताहरू मारिएको बताएका छन् । इजरायली सेनाका अनुसार, युद्धको पहिलो ३० घण्टामा २ हजार बढी बम खसालिएको थियो । यस अवधिमा लडाकु विमानहरूले ७०० भन्दा बढी उडानहरू भरेकाथिए । इरानले इजरायलसहित अमेरिकी अड्डाहरू रहेका देशहरूमा आक्रमण गरेर बदला लिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन न...