भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य

‘पुर्खाका संघर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौंयुगसम्म अघि बढाऔं हइ...!’ पश्चिम बङ्गालको उदीयमान महानगर सिलिगुडीको मैदानमा थुप्रै बाजा र झिलिमिली बत्तीबीच नेपथ्यका मुख्य गायकले यसो भनिरहँदा दर्शकले समर्थनमा चर्को आवाज दिए । त्यसरी आवाज दिनेहरूमध्ये एक थिइन् पुष्पा क्षेत्री । मिजोरमको आइजोल र कोलासी क्षेत्रका झन्डै ४० जनाको समूहमा २० घण्टाको रेल यात्रा गरेर उनीहरू नेपथ्यसँग झुम्न सिलिगु...