इरानले अमेरिकासँग वार्ता नगर्ने

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले इरान अमेरिकासँग कुनै पनि वार्तामा संलग्न नहुने बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले यो बयान दिएका हुन् ।  इरानले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने प्रयास गरेको रिपोर्टको प्रतिक्रियामा यो बयान आएको हो । ट्रम्पले आफ्नो झूटा वाचाहरूले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको उनले बताए ।  ट्रम्पले आफ्नो नारा अमेरिका फर्स्टबाट इजरायल फर्स्टमा परिवर्तन गरेको र इजरायललाई बलियो बनाउन अमेरिकी सैनिकहरूको बलिदान दिएको लारिजानीले बताए ।