राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहनप्रसाद श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरी कांग्रेसलाई समर्थन गर्ने र तालमेल गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको बताउँदै उनले पार्टीको नीतिविपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही क्षेत्र ...