कांग्रेस-एमालेलाई आफ्नैको डर, पहाडमा पनि बढ्दो छ नयाँको लहर

संखुवासभाको निर्वाचन भूगोल केवल हिमाल र पहाडको संगम मात्र होइन, यसपटक यो नेपाली राजनीतिको पुराना विरासत र नयाँ उदयबीचको एक परीक्षा पनि बन्न पुगेको छ ।  प्रतिनिधिसभा निर्वाचनको मतदानको मिति नजिकिँदै जाँदा खाँदबारीका बजारदेखि भोटखोलाका दुर्गम बस्तीसम्म एउटै चर्चा छ- अबको नेतृत्व कसले गर्ने ?  संखुवासभाको राजनीति यसपटक विगतका निर्वाचनभन्दा नितान्त भिन्न र रोचक मोडमा उभिएको छ । यसपटक मैदानमा उत्रेका पात्रहरू, उनीहरूको विगत, दलीय आन्तरिक द्वन्द्व र आममतदातामा देखिएको वितृष्णाले निर्वाचनको अंकगणितलाई अनुमा...