जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन् । चुनावको पूर्वसन्ध्यामा आम मतदातालाई सार्वजनिक अपिल गर्दै उनले निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय रहेको बताएका हुन् । 'निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन्,' सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले भनेका छन्, 'योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगा...