मध्यपूर्वमा विकसित घटनाक्रमको प्रभाव विश्वकप फुटबलमा

मध्यपूर्वमा विकसित पछिल्लो विश्व राजनीतिक घटनाक्रमको प्रभाव यसै वर्ष आयोजना हुने फिफा विश्वकप फुटबलमा पनि पर्ने देखिएको छ ।  शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको थियो । आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको थियो । अहिले पनि दुवै पक्षले एक–अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । परिणामस्वरूप मध्यपूर्व अशान्त बनेको छ ।  त्यसको प्रभाव विश्वकप फुटबलमा पनि पर्ने देखिएको छ । विश्वकप फुटबल आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूप...