गगन थापालाई समर्थन गर्न सर्लाही पुगे मिराज ढुङ्गाना

जेनजी अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् । मिराज त्यस्ता जेनजी अगुवा हुन् जसको समूहले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो ।  माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो ।  उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेनजीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले ...