विश्वबजारमा तेल र ग्यासको मूल्यमा अचानक वृद्धि देखिएको छ। केही वर्षअघि ऊर्जाको मूल्य बढ्दा समस्यामा परेका विश्वभरका परिवारका लागि यो वृद्धि फेरि चिन्ताको विषय बनेको छ। तर, विज्ञहरूका अनुसार यसको तत्कालिन प्रभाव भने तुलनात्मक रूपमा कमै रहने देखिएको छ। आर्थिक मामिला विज्ञ धार्सिनी डेभिडका अनुसार तेल र ग्यासको मूल्य बढ्नुले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने कुरा यो मूल्य कति माथि जान्छ र कति समयसम्म उच्च रहन्छ भन्नेमा भर पर्छ। अहिलेको मूल्य वृद्धिको स्तरलाई हेर्दा यसको प्रभाव निकै कम हुने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।&...