जेनजी भावनाको आत्मसात् गरेँ, अब मेरो हुटहुटीको आत्मसात् गरिदिनु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गरेको जस्तै परिवर्तन देशमा गर्न चाहेको बताएका छन् । जेनजी आन्दोलनबाट लाभ उठाउने भन्दा पनि आन्दोलनको भावनालाई आत्मसात् गरेको बताउँदै सभापति थापाले भने, 'अहिले भने मेरो भावनाको आत्मसात् गरिदिनुहुन अनुरोध गर्दछु।'  देशको शासन व्यवस्थामा परिवर्तनका लागि मतदातालाई रुख चिन्हमा मतदान गरी साथ सहयोग गर्न सभापति थापाले अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले पार्टीभित्रको परिवर्तन ल्याउन आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको उल्लेख...