हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ गइरहेको बा प्र ०३–००६ प २७१२ नं को स्कुटरलाई विपरीत दिशाबाट आएको ना४च ६०५३ नं को हातीगाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनालाई ठक्कर दिएको थियो । दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगि...