नेपाली कांग्रेसले रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा दुई जनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पार्टी सभापति गगनकुमार थापाले उक्त घटनाका मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको काम...