मौन अवधि शुरू भयो, अब के-के गर्न पाइँदैन ?

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आजदेखि मौन अवधि शुरू भएको छ । आउँदो बिहीबार हुने चुनावका लागि गएरातिदेखि मौन अवधि शुरू भएको हो । मौन अवधि मतदानको दिन मतदान नसकिएसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।  मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।  मतदानको समयमा प्रतिस्पर्धीहरूबीच विवाद वा झडप नहोस् र क...