कस्तो रहला आजको मौसम ?

आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी  प्रदेशका पहाडी र हिमाली भूभागमा आ...