रियादमा रहेको अमेरिकी दूतावासमा इरानले दुई ड्रोनले आक्रमण गरेको छ । साउदी रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण गरेको पुष्टि गरेको हो । दूतावासले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्ति जारी गर्दै आक्रमणबाट सानो आगो लागेको र भवनमा सामान्य क्षति पुगेको उल्लेख छ । साउदी अरेबियामा रहेको अमेरिकी मिसनले जेद्दा, रियाद र दहरानका बासिन्दाहरूलाई घरमै सुरक्षित रहन सल्लाह दिएको छ। यसअघि सोमबार कुवेतमा रहेको अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उडिरहेको देखिएको थियो। यसपछि, दूतावासले बासिन्दा...