आज लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, नांगो आँखाले खुला ठाउँबाटै हेर्न सकिने

सन् २०२६ को पहिलो चन्द्रग्रहण आज लाग्दै छ । साँझ ६: ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् । मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो । यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने छ । यो ग्रहण विशेष किसिमको रहने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने छ । यो खगोलीय घटना काठमाडौंबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ । यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकर...