देवदहमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देहीको देवदहमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह ७ का २८ वर्षीय सुनील पाण्डे रहेको प्रहरीले जनाएको छ ।  बुटवलबाट काठमाडौं आउँदै गरेको लु प्र ०१ ००१ ख ०८१६ नं को बसले देवदह–९ घोडाहा काँटा चोकमा विपरीत दिशातर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।