जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध गाँजासहित बलानबिहुल गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बलानबिहुल-२ बाट ५८ किलो गाँजासहित सोमबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको हो । बलानबिहुल-२ स्थित दिगियाबाट स्थानीय किशुनदेव यादवको निर्माणाधीन तीनतले पक्की घरबाट घरधनी ४५ वर्षीय यादव र ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा घरको ...