मध्यपूर्वका देश छोड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

अमेरिकाले मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकलाई ती देशहरू छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा तनाव बढ्दै जाँदा ‘गम्भीर सुरक्षा जोखिम’ भन्दै आफ्ना नागरिकलाई व्यावसायिक उडान प्रयोग गरेर तुरुन्तै ती देशहरु छोड्न आग्रह गरेको हो ।  मन्त्रालयले जारी गरेको सुरक्षा अपडेटमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, युएई र यमनमा रहेका अमेरिकीलाई ‘अब व्यावसायिक माध्यमबाट’ देश छोड्न सल्लाह दिएको छ । विद...