काठमाडौंका दुई ठाउँमा दुइटा गाडीमा आगजनी भएको छ । नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको छ । यसबारे अनुसन्धान भैरहेको एसपी भट्टराईले जानकारी दिए । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।