प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मौन अवधि शुरू भएसँगै मानिसहरूले काठमाडौं छाड्ने क्रम बढेको छ । रोजगारी, अध्ययन र अन्य शिलशिलामा काठमाडौंमा बस्दै आएकाहरू चुनावका लागि आफ्नो पुर्ख्यौली थलो फर्किन थालेका हुन् । मंगलबार बिहान काठमाडौंको नयाँ बसपार्कदेखि कलंकीसम्मै ठाउँ ठाउँमा मानिसहरू गाडी कुरिरहेको देखिए । लामो दूरीका सवारी साधनहरूमा खचाखच यात्रु देखिए । सडकमा लामो दुरीमा चल्ने सवारी साधन पनि बाक्लै छन् ।