२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

इलाममा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञानबहादुर चौहान रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । ज्ञानबहादुरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।