जेनजी आन्दोलनमा लुटिएको हतियारसहित भक्तपुरमा एक जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका-९ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ए८८९६ नम्बरको इन्सास राइफलसहित विभिन्न हातहतियार बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरमा डीएसपी प्रकाश जबेगुले जानकारी दिए । एसएलआर राइफलको ४ राउन्ड गोली, प्लास्टिक राउन्ड १ थान, सटगनमा लाग्ने राउन्ड १ थान, खुकुरी १ थान र खुकुरीको दाप २ थान समेत बरामद भएको डीएसपी जबेगुले जनाए । यसैगरी, ...