काठमाडौंको नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी गरिएको छ । नैकापस्थित पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यानमा आगजनी गरिएको हो । सुकेधारामा आगजनी भएको गाडीको भने नम्बर खुलेको छै । ती गाडीमा कसले आगजनी गरेको भन्ने पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार गाडीका धनी पनि हालसम्म सम्पर्कमा आएका छैनन् । यद्यपि आगजनी भएको स्थानमा दुर्गा प्रसाईं समूहसँग सम्बन्धित पर्चाहरू भने भेटिएका बताइएको छ ।