रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ

रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका छन् । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् ।  लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । उनको खोजी भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए ।  सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  जिल्लाको राज...