रूपन्देही प्रहरीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ८ लाख मूल्य बराबरका सामान बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, रूपन्देही मातहत खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा ८ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो । रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली ल्याई लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्ता–सुरुवाल सेट बरामद गरिएको जानकारी द...