विभिन्न किसिमका प्रजनन् र आईभीएफ सेवा प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफ प्रालि र मेटलाइफ नेपालबीच प्रजनन् तथा आईभीएफ सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले एक महत्त्वपूर्ण साझेदारी भएको छ । यस सम्झौताअन्तर्गत, मेटलाइफका बीमा ग्राहक र उनीहरूका एकाघरका परिवारका सदस्यहरूले ‘वन बाई मेटलाइफ’ एपमा रहेको ‘डिजिटल लाइफ कार्ड’मार्फत वात्सल्यका सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस साझेदारीपश्चात् ग्राहकहरूले प्रमुख डायग्नोस्टिक परीक्षणमा १५ प्रतिशत छुट, सम्पूर्ण आईभीएफ प्याकेजमा एकमुष्ट २० हजार...