नेपालकै पहिलो एआई-नेटिभ कल सेन्टर सोलुसन 'टिङटिङ कनेक्ट' सार्वजनिक

नेपालको अग्रणी एआई कम्पनी टिङटिङले आफ्नो नयाँ उत्पादन 'टिङटिङ कनेक्ट' आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो नेपालकै पहिलो एआई नेटिभ कल सेन्टर सोलुसन हो, जसले संस्थागत सञ्चारको पुरानो शैलीलाई विस्थापित गर्दै शून्य लागतमा ग्राहक संवाद व्यवस्थापन गर्ने नयाँ युगको शुरूआत गरेको छ। दशकौँदेखि कल सेन्टर उद्योग सिट संख्या, लाइसेन्स र थप सुविधाहरूमा सीमित थियो। पुराना प्लेटफर्महरूले पुराना प्रणालीमा एआईका ड्यासबोर्डहरू थप्ने काम गरिरहेका बेला, 'टिङटिङ कनेक्ट' नेपालमै पहिलो पटक एआईलाई आधार मानेर निर्माण गरिएको कम्...