आईसीसी टी–२० विश्वकप : पहिलो र तेस्रो उपाधिको खोजीमा ४ टोली

आईसीसी पुरुष टी–२० विश्वकपको सेमिफाइनल खेल बुधबार शुरू हुँदैछ । यसपटक सेमिफाइनलमा पुगेका टोली फरक चरित्रका छन् । सेमिफाइनलमा पुगेका दुई टोली इङ्ल्यान्ड र भारतले यसअघि दुई–दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । बाँकी दुई टोली दक्षिण अफ्रिका र न्युजिल्यान्डले भने हालसम्म टी–२० विश्वकपको उपाधि चुम्न सकेका छैनन् । पहिलो सेमिफाइनल खेल बुधबार न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेलिने छ । उक्त खेल कोलकाताको इडेन गार्डेन्समा नेपाली समयअनुसार, साँझ १९:१५ बजे शुरू हुनेछ । दोस्रो सेमिफाइन...