ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली भान्साघरमा आगो लागेको छ । सात तलामाथि सञ्चालित थकालीमा मंगलबार दिउँसो करिब साढे तीन बजे एक्कासी आगो लागेको हो । आगो लागेको केही समयमै ललितपुर महानगरपालिकाबाट दमकल, काठमाडौं महानगरपालिका, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको दमकल समेत आएर पानीको फोहोरा हानेको थियो । विद्युत शर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । थकालीकै एक जना कर्मचारीका अनुसार छतमा राखिएको छ्वालीमा आगो सल्किएलगत्तै आगो फैलिएको थियो । ‘हामी तल थियौं, माथिबाट ...