सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । दुर्गा प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले दायर गरेको रिटमा जिल्ला प्रहरी परिसर भक्तपुर समेतका विपक्षीको नाममा लिखित जवाफ समेत माग गरिएको छ । ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनुनपर्ने कुनै आधार र कारण भए सबुद प्रमाण तथा अनुसन्धानको सक्कल मिसिलसहित ...