ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली भान्साघरमा लागेको आगो नियन्त्रणमा आएको छ । करिब एक घण्टाको प्रयासपछि दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको हो । विद्युत सर्ट भएर सल्किएको आगोले ठूलो रूप लिए पनि मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी गौतम मिश्रले जानकारी दिए । ललितपुर र काठमाडौंका दुवै महानगरपालिकाका दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीको दमकलमार्फत् तीन वटै सुरक्षा निकायको प्रयासले आगो नियन्त्रणमा आएको मिश्रले बताए । भवनको सातौं तल्लामा सञ्चालित भान्साघ...