कुवेतमा रहेको एक अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा ६ अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकी सेनाको युएस सेन्ट्रल कमाण्डले शुरूमा उक्त घटनामा तीन सैनिकको मृत्यु भएको जनाएको थियो । तर मंगलबार थप एक जना घाइते सैनिकको उपचारका क्रममा मृत्यु भएको र भग्नावशेषबाट दुई सैनिकको शव फेला परेपछि मृतक संख्या ६ पुगेको पुष्टि गरिएको हो । अमेरिकी रक्षा मन्त्री पेट हेग्थेसले इरानको प्रारम्भिक प्रतिआक्रमणका क्रममा प्रक्षेपण गरिएको मिसाइल वायु प्रतिरक्षा प्रणाली छल्दै कुवेतस्थित एक अमेरिकी बंकरमा प्रहार...