फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । सोमबार साँझसम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेको हो । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी पुगेको बताए । मतदानका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू त्यहाँ पुगेको उनले जानकारी दिए । जिल्लामा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल रहेका...