काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद वस्तु भेटिएको छ। चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकखण्डमा कागजले पोको पारेर प्रेशर कुकरमा तार जोडिएको अवस्थामा वस्तु फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उक्त वस्तु बम हो वा होक्स हो भन्ने यकिन भइसकेको छैन। उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बुधबार बिहान निस्क्रिय बनाउने प्रयास गरिरहेको छ। बम डिस्पोजका लागि नेपाली सेनाको चन्दननाथ गणबाट १५ जनाको टोली परिचालन गरिएको छ।