इरानमाथि अमेरिकी आक्रमण: सन् २००३ को 'शक एन्ड अवे'भन्दा दोब्बर ठूलो सैन्य कारबाही

अमेरिकी सेन्ट्रल कमाण्डले इरानमा जारी सैन्य अपरेसनबारे एउटा भिडियो सन्देश जारी गर्दै यसको गम्भीरता र व्यापकता सार्वजनिक गरेको छ।  सन् २००३ मा इराकमा गरिएको प्रसिद्ध 'शक एन्ड अवे' आक्रमणको तुलनामा इरानविरुद्धको यो कारबाही पहिलो २४ घण्टामै झण्डै दोब्बर ठूलो स्तरको रहेको अमेरिकाले दाबी गरेको छ। सिनियर अमेरिकी एडमिरल ब्राड कुपरका अनुसार, अमेरिकी सेनाले इरानका झण्डै २,००० सैन्य लक्ष्यहरूमा शक्तिशाली प्रहार गरेको छ। यस क्रममा १७ वटा इरानी युद्धपोतहरू पूर्ण रूपमा नष्ट गरिएको छ। एडमिरल कुपरले भनेका छन्, 'आजक...