इरानमा जारी अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीका क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको विवरण सार्वजनिक भएको छ। अमेरिकास्थित मानव अधिकारवादी संस्था 'ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी' ले फेब्रुअरी २८ देखि हालसम्म इरानमा १ हजार ९७ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेहरूमध्ये १८१ जना १० वर्षमुनिका बालबालिका रहेका छन्। हिंसामा परी घाइते हुनेहरूको संख्या ५ हजार ४०२ पुगेको छ भने त्यसमध्ये १०० जना बालबालिका समेत छन्। पछिल्लो २४ घण्ट...