प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' लागू नगर्ने

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले प्रयोगकर्ताको गोपनीयताका लागि 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' प्रविधि अपनाइरहँदा टिकटकले भने यो प्रविधि लागू नगर्ने भएको छ। यो प्रविधि लागू गर्दा अपराधीहरूलाई लुक्न सजिलो हुने र प्रहरी तथा सुरक्षा टोलीले बालबालिकामाथि हुने दुर्व्यवहार वा हानिकारक सामग्रीहरू पहिचान गर्न नसक्ने भएकाले यस्तो निर्णय लिइएको टिकटकको भनाइ छ ।  'इन्ड-टु-इन्ड इन्क्रिप्सन' यस्तो प्रविधि हो जसमा पठाउने र पाउने व्यक्तिबाहेक अरू कसैले सन्देश पढ्न सक्दैनन्।  केही साइबर विज्ञहरूले टिकटकमा चिनियाँ स्वामि...