गाडीमा शंकास्पद वस्तु भेटिएपछि नेकपा उम्मेदवारसहित चार जना पक्राउ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा शंकास्पद वस्तु फेला परेपछि मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु भेटिएपछि गाडीसहित गाडीमा सवार सबै जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए ।  गाडीको ...