मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत बहादुर राईलाई भेटेर नेपालीको अवस्थाबारे चिन्ता व्यक्त गरेको हो। भेटका क्रममा अध्यक्ष केसीले मध्यपूर्वका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा हाल त्रास र अनिश्चितताको वातावरण सिर्जना भएको बताए। उनले विगतमा कोभिड–१९ महामारीका बेला संघले सञ्चालन गरेको उद्धार तथ...