वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चेरी फूल फुल्न थालेका छन्। लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा यतिबेला चेरीका रुख गुलाबी र सेता फूलले ढाकिएका छन्। सडक किनारा र पार्कहरूमा फुलेका चेरीका फूलले सहरको वातावरणलाई थप आकर्षक बनाएका छन्। सहरी सुन्दरताका लागि काठमाडौँ महानगरपालिकाले पछिल्ला वर्षहरूमा विभिन्न स्थानमा चेरीका बिरुवा रोपेको थियो, जसको परिणाम अहिले देखिन थालेको हो। फूलले ढाकिएका रुखमुनि सर्वसाधारणको चहलपहल बढेको छ। धेरैजसो युवायुवती र परिवारहरू चेरी फूलसँग सेल्फी खिच्न, तस्बिर...