तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् । नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्न युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन् । यस खेल युवाहरूको रुचिको पहिलो रोजाइ बनेको खेलाडीहरू बताउँछन् । युवाहरू चार जनाको जोडी मिलाएर खेल्न सकिने र छोटो समयमा ...