प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि झण्डै दुई लाख सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी एक लाख ९० हजार बढी सुरक्षाकर्मी फिल्डमा खटिएका हुन् । उनीहरूसँगै निर्वाचन सुरक्षार्थ एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी पनि खटाइएको छ । निर्वाचनलाई धाँधलीरहित, निष्पक्ष र सुरक्षितरूपमा सम्पन्न गराउन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा सेना खटिने छन् । निर्वाचन प्रहरीलाई आपसी समन्वयमा सँगै गस्तीमा परिचालित गरिएको छ । केन्द्रीय सुरक्षा स...