नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नस्ट

२० फागुन, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नस्ट गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । सो वस्तुलाई आज बिहान […]