सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा यादवसहित पाँच जना छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डीआईजी थपलियाले जानकारी दिए ।नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३० बजे सिरहाको शिवचोकमा संयुक्त चेकजाँच...