मध्य–पूर्वमा इरानमाथि अमेरिका र इजरायलको आक्रमण जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फिफा विश्वकप फुटबललक्षित टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले आगामी विश्वकपमा इरानले भाग लिए पनि आफूले कुनै वास्ता नगर्ने बताएका हुन् । फिफा पुरुष विश्वकपको २३औँ संस्करण जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ । ‘इरानले विश्वकप खेल्छ वा खेल्दैन मलाई थाहा छैन । विश्वकपमा भाग लिए पनि मलाई कुनै वास्ता छैन,’ अमेरिकी राष्ट्रपति ट्रम्पले पोलिटिकोसँगको कुराकानीमा भनेका छ...