आईपीएलको खेल तालिका दुई चरणमा

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण शुरू हुन अब करिब एक महिनामात्र बाँकी छ । हालसम्म आईपीएलको खेल तालिका भने सार्वजनिक गरिएको छैन । यसपटक आईपीएलको खेल तालिका दुई चरणमा सार्वजनिक गरिने बताइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि दुई चरणमा खेल तालिका सार्वजनिक गर्न अनुमति दिएको छ । क्रिकबजका अनुसार, आईपीएलको पहिलो चरणको खेल तालिका आगामी शुक्रबार वा शनिबारसम्म सार्वजनिक गर्ने सम्भावना छ । आईपीएलको आगामी संस्करण मार्च २८ तारिखमा शुरू हुने सम्भावना रहेको दाबी पनि समाचारमा गरिएको छ । पह...