मोदी र बालेनलाई जोडेर भ्रम फैलाएको आरोपमा दुई जना पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता बालेन्द्र शाह (बालेन)को नाम जोडेर अफवाह फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट छन् ।  मोदीले बालेनलाई शुभकामना दिएको भन्दै उनीहरूले भ्रम फैलाएको आरोप छ ।  प्रहरी प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेका अनुसार ठाकुर र भट्टले चुनावका मुखमा भ्रम फैलाउन उक्त हर्कत गरेका थिए ।